अमेरिकी सरकारले टीपीएस सुविधाको म्याद थप्यो

९ हजार नेपाली लाभान्वित
तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार ०९:५३

अमेरिका – नेपालमा सन् २०१५ मा गएको भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधा १० महिना थपिएको छ । अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजात सम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिख सम्म कायम रहनेछ ।

सन् २०१५ मा हजारौंको नेपालीको ज्यान जाने गरी गएको भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले टीपीएस सुविधा उपलब्ध गराएको थियो । अमेरिकी सरकारले नेपाल लगायत अन्य ६ मुलुकलाई प्रदान गरेको टीपीएस थपिएको हो । नेपालले यसअघि सन् २०२० को मार्च २४ तारिख सम्म यस्तो सुविधा पाएको थियो ।

सुविधा थपिए सँगै यस्तो स्टाटसमा रहेका नेपालीले सन् २०२१ जनवरी सम्म काम गर्ने कागजात, वर्क परमिट र नेपाल जानआउन पाउने पत्र, ट्राभल डकुमेन्ट प्राप्त गर्नेछन् । यस्तो सुविधा लिने नेपालीको संख्या अमेरिका करिब ९ हजार हाराहारी रहेको जनाइएको छ ।

अमेरिकामा सरकारले आफ्नो सूचना पाटी मार्फत टीपीएस सुविधा एकपटक लिएका र पुनः लिन चाहनेहरूका लागि अवसर रहेको उल्लेख गरेको छ । सरकारले एकपटक सुविधा लिएका र बीचमा निवेदन दिन छुटेकाका लागि पुनः निवेदन दिन सक्ने उल्लेख गरेको छ । त्यसका लागि सन् २०१५ मा टीपीएस लिएको हुनुपर्ने र बीचमा पुनः दर्ता नर्गनुको कारणसहित पुनः निवेदन दिनु   पर्नेछ ।

सन् २०१५ मा गरिएको प्रयास झैँ यसलाई नेपाली समुदाय एक भएर सहकार्य गर्नुपर्ने र पहुँच पुग्नेहरूले सिनेटरलाई भेटेर, टीपीएस सुविधालाई ग्रिन कार्डसम्म लैजानका लागि अमेरिकाका सेटल भएका नेपाली लागी परेका छन् ।

अमेरिकी सरकारले नेपाल सहित एलसाल्भाडोर, हाइटी, होण्डुरस, निकारागुवा, सुडानको टीपीएस कागजात सुविधा अवधि लम्ब्याउने निर्णय गरेको हो। अन्नपुर्ण पोस्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*