अक्सफोर्ड विश्वविद्यालयले कोरोनाको खोप विकासमा उपलब्धि

तामसालिङ खबर
२ जेष्ठ २०७७, शुक्रबार १५:२९

जेठ २, लन्डन – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कारोना विरुद्वको खोपको विकास गरिरहेको छ । खोप विकास लामो समयदेखि चलिरहेकोे छ । विश्वविद्यालयले खोपको विकासमा सकारात्मक असर देखा परेका दाबी समेत गरेको छ । खोपको क्लिनिकल ट्रायल छ वटा बाँदरमा गरिसकेको जनाइएको छ ।

तत्काल उक्त खोपको परिक्षण कोरोना संक्रमित व्यक्ति माथि प्रयोग भइरहेको जनाइएको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती कम्पनी ए.जेड.एनको संयुक्त साझेदारीमा खोपको विकास गरिएको हो ।

बाँदरमा परिक्षण गर्दा उक्त भाइरसले १४ दिनमै शरीरमा एन्टीबडी निर्माण गरी भाइरसको फैलाव र छातीमा पार्ने असरलाइ २८ दिनमा रोकेको विज्ञहरुले जनाएका छन् ।

बाँदरमा गरिएको परिक्षणबाट सकारात्मक निष्कर्ष देखा परेको विज्ञहरुले जनाएका छन् । बाँदरमा गरिएको परिक्षणमा साकारात्मक असरले मानिसमा समेत यसले साकारात्मक प्रभाव पार्छ भन्ने विषय अझै अन्योल रहेको छ । विज्ञहरुका अनुसार नयाँ कोरोना भाइरसको खोप निर्माण चुनौतीपूर्ण र उत्साहजनक रहेको छ ।

निर्माण गरिएको खोप करिब एक हजार मानिसमा प्रयोग गरिसकेको जनाइएको छ । प्रयोग गरिएको खोपको नतिजालाई अगाामी महिनाभित्र स्पष्ट हुने जनाइएको छ । अन्य देशहरुमा समेत कोरोना बिरुद्वको खोप निर्माण कार्य चलिरहेको छ ।

प्रभावकारी खोप निर्माण गर्न कम्तिमा १० वर्ष समय लाग्ने गर्दछ । तर, हालै देखिएको भाइरसको संक्रमणले तीव्रता लिएपछि सम्पूर्ण देशहरु खोप निर्माणको कार्यमा लागिपरेको छ । बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*