राक्सिराङमा हावाहुरीले मर्नेको संख्या २ पुग्यो

तामसालिङ खबर
१३ जेष्ठ २०७७, मंगलवार २२:१५

जेठ १३, हेटौडा (राक्सीराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकामा मंगलबार आएको हावाहुरीले गर्दा २ जनाको ज्यान गएको छ । राक्सिराङ गाउपालिका वडा नं ३ मा मंगलबारको हावाहुरीले रुख ढल्दा च्यापेका घाइते बालकको पनि मृत्यु भएको छ ।

पलाँसेका ६ बर्षीय आयुस मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा ज्यान गएको हो । उनीसँगै घाइते भएका ‌मनिक ‌बल र शम्भु सुनारको उपचार भइरहेको छ ।

मंगलबार नै राक्सिराङ ५ मा पनि पिपलको रुख ढल्दा ५० बर्षीय बीरमाया प्रजाको घटनास्थलमै ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*