राक्सिराङमा हावाहुरीले मर्नेको संख्या २ पुग्यो
जेठ १३, हेटौडा (राक्सीराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकामा मंगलबार आएको हावाहुरीले गर्दा २ जनाको ज्यान गएको छ । राक्सिराङ गाउपालिका वडा नं ३ मा मंगलबारको हावाहुरीले रुख ढल्दा च्यापेका घाइते बालकको पनि मृत्यु भएको छ ।
पलाँसेका ६ बर्षीय आयुस मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा ज्यान गएको हो । उनीसँगै घाइते भएका मनिक बल र शम्भु सुनारको उपचार भइरहेको छ ।
मंगलबार नै राक्सिराङ ५ मा पनि पिपलको रुख ढल्दा ५० बर्षीय बीरमाया प्रजाको घटनास्थलमै ज्यान गएको थियो ।






