कलाकार देव लामालको उपचारमा सहयोग
जेठ हेटौडा – मकवानपुरको हेटौँडा ८ स्थायी घर भई काठमाण्डौँमा बस्दै आउनु भएको कलाकार तथा पत्रकार देव लामाको उपचारको लागि मकवानपुरमा क्रियाशिल कला क्षेत्रका ब्यक्तिहरुले आर्थिक सहयोग संकलन गरेका छन् ।
नसा सम्वन्धी समस्याको कारण गएको एकवर्षबाट काठमाण्डौँमा उपचार गरिरहेका लामालाई उपचारमा सहयोग गर्न १ लाख ७ हजार ४७ रुपैँया सहयोग संकलन भएको कलाकार प्रलय चौँलागाईले बताए ।
कलाकार लामाको विषयमा जानकारी पाएपछि मकवानपुरका कला क्षेत्रमा सक्रिय रहेका आशाकाजी श्रेष्ठ, उज्वल शर्मा भण्डारी, सुवास गहतराज, भेष खड्गी लगाएका ब्यक्तिहरुले मिलेर सहयोग संकलन गरेको चौँलाईको भनाई छ । चौँलागाईको अनुसार एक हप्तासम्म संकलन गरिएको रकमले लामाको उपचारमा केहि सहजता प्रदान गर्नेछ ।
हेटौँडामा रहँदा प्रभातकालिन दैनिकमा काम गरेका लामा काठमाण्डौँ रहत संगित, कला तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको थिए । एकवर्ष पहिले घरको बाथरुममा लडेर घाईते भएका लामाक उपचारको क्रममा त्रृटीहुँदा थप समस्या भएको बताईएको छ । उनी हाल काठमाण्डौँमा उपचार गरिरहेका छन् ।






