कलाकार देव लामालको उपचारमा सहयोग

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार ०९:५१

जेठ हेटौडा – मकवानपुरको हेटौँडा ८ स्थायी घर भई काठमाण्डौँमा बस्दै आउनु भएको कलाकार तथा पत्रकार देव लामाको उपचारको लागि मकवानपुरमा क्रियाशिल कला क्षेत्रका ब्यक्तिहरुले आर्थिक सहयोग संकलन गरेका छन् ।

नसा सम्वन्धी समस्याको कारण गएको एकवर्षबाट काठमाण्डौँमा उपचार गरिरहेका लामालाई उपचारमा सहयोग गर्न १ लाख ७ हजार ४७ रुपैँया सहयोग संकलन भएको कलाकार प्रलय चौँलागाईले बताए ।

कलाकार लामाको विषयमा जानकारी पाएपछि मकवानपुरका कला क्षेत्रमा सक्रिय रहेका आशाकाजी श्रेष्ठ, उज्वल शर्मा भण्डारी, सुवास गहतराज, भेष खड्गी लगाएका ब्यक्तिहरुले मिलेर सहयोग संकलन गरेको चौँलाईको भनाई छ । चौँलागाईको अनुसार एक हप्तासम्म संकलन गरिएको रकमले लामाको उपचारमा केहि सहजता प्रदान गर्नेछ ।

हेटौँडामा रहँदा प्रभातकालिन दैनिकमा काम गरेका लामा काठमाण्डौँ रहत संगित, कला तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको थिए । एकवर्ष पहिले घरको बाथरुममा लडेर घाईते भएका लामाक उपचारको क्रममा त्रृटीहुँदा थप समस्या भएको बताईएको छ । उनी हाल काठमाण्डौँमा उपचार गरिरहेका  छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*