हेटौडामा थप भदौ ९ गते सम्म निषेधज्ञा, तरकारी खाद्यान्न बिहान ८ बजे सम्म खुल्ला हुने

ताम्सालिङ खबर
३२ श्रावण २०७७, आईतवार १४:०८

साउन, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि थप भदौ ९ गते सम्म निषेधज्ञा जारी राख्ने निर्णय गरेको  छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार बसेको कोभिड १९ विपद व्यवस्थापन केन्द्र(कमाण्ड पोस्ट)को बैठकले भदौ ९ गते सम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको हो । गत २६ गते राती १२ बजेबाट जारी भएको निषेधाज्ञा आज राती १२ बजे सकिदैं थियो ।

हेटौंडा उपमहानगरका क्षेत्र र मनहरी गाउँपालिकामा जोडिएको पुर्वपश्चिम राजमार्ग जोडिएका क्षेत्रहरुमा निषेधाज्ञा हुने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । निषेधज्ञाको बेला अतिआवश्यक खाद्यान्न वस्तु भने विहान ५ बजे देखि ८ बजे सम्म खुल्ला हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*