हेटौडामा थप भदौ ९ गते सम्म निषेधज्ञा, तरकारी खाद्यान्न बिहान ८ बजे सम्म खुल्ला हुने
साउन, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि थप भदौ ९ गते सम्म निषेधज्ञा जारी राख्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार बसेको कोभिड १९ विपद व्यवस्थापन केन्द्र(कमाण्ड पोस्ट)को बैठकले भदौ ९ गते सम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको हो । गत २६ गते राती १२ बजेबाट जारी भएको निषेधाज्ञा आज राती १२ बजे सकिदैं थियो ।
हेटौंडा उपमहानगरका क्षेत्र र मनहरी गाउँपालिकामा जोडिएको पुर्वपश्चिम राजमार्ग जोडिएका क्षेत्रहरुमा निषेधाज्ञा हुने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । निषेधज्ञाको बेला अतिआवश्यक खाद्यान्न वस्तु भने विहान ५ बजे देखि ८ बजे सम्म खुल्ला हुने भएको छ ।

ताम्सालिङ खबर




