दामन र सिमभञ्याङ क्षेत्रमा भारी हिमपात, त्रिभुवन राजपथ अवरुद्ध (तस्विरहरु)
पुष, हेटौंडा (थाहानगर) – मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरको दामन र सिमभञ्याङमा बाक्लो हिमपात भएको छ । उक्त क्षेत्रमा आज बिहानैबाट हिमपात भईरहेको छ ।
यस वर्षको पहिलो पटक हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।
निरन्तरको हिमपातले स्थानियको जनजिवन प्रभावित बनाएको छ । बाक्लो हिमपातले बिहानैबाट त्रिभुवन राजपथ अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
सिमभञ्याङ र दामनमा भारि हिमपात र अन्य स्थानहरुमा बर्षा भैरहकाले सवारी साधान आवत जावतमा समस्या रहेको पालुङ प्रहरीले जनाएको छ । हिँउ नपग्लिए सम्म राजमार्ग खुल्न संभावना नरहेको उनले बताए ।
तस्बिरहरु : सुजु लामा, मिली लामा