दामन र सिमभञ्याङ क्षेत्रमा भारी हिमपात, त्रिभुवन राजपथ अवरुद्ध (तस्विरहरु)

तामसालिङ खबर
१४ पुष २०७८, बुधबार १०:१०

पुष, हेटौंडा (थाहानगर) – मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरको दामन र सिमभञ्याङमा बाक्लो हिमपात भएको छ । उक्त क्षेत्रमा आज बिहानैबाट हिमपात भईरहेको छ ।

यस वर्षको पहिलो पटक हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।

निरन्तरको हिमपातले स्थानियको जनजिवन प्रभावित बनाएको छ । बाक्लो हिमपातले बिहानैबाट त्रिभुवन राजपथ अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

सिमभञ्याङ र दामनमा भारि हिमपात र अन्य स्थानहरुमा बर्षा भैरहकाले सवारी साधान आवत जावतमा समस्या रहेको पालुङ प्रहरीले जनाएको छ । हिँउ नपग्लिए सम्म राजमार्ग खुल्न संभावना नरहेको उनले बताए ।

तस्बिरहरु : सुजु लामा, मिली लामा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*