हेटौंडा उपमहानगरले १० हजार लिटर खानेपानी निशुल्क दिने

तामसालिङ खबर
१३ श्रावण २०७९, शुक्रबार १५:३३

साउन, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटर खानेपानी निशुल्क दिने भएको छ ।

बिहीबार उपमहानगरमा बसेको मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले नगर क्षेत्रमा बोर्डको धारा जडान भएको २३ हजार ५ सय धाराबाट पानी उपभोग गर्ने उपभोक्ताको लागि मासिक न्यूनतम शुल्क ८५ रुपैँया बराबरको १० हजार लिटर खानेपानी निशुल्क दिने निर्णय गरेको हो ।

उक्त पानी नगरपालिकाका १ लाख ४५ हजार जनसंख्याले सेवा पाउने उपमहानगरपालिकाले गरेको छ । निशुल्क खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्ने निर्णय गरिएको छ ।

उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिएको हकमा भने उपमहानगरपालिकाले कुनै निर्णय गरेको छैन् । उपभोक्ता समितिद्वारा पानी वितरण भएको क्षेत्रको हकमा पछि विशेष निर्णय गरिने हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले बताईन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*