‘कबड्डी कबड्डी कबड्डी’को कलेक्सन ४ करोड माथि, रफ्तार बढ्दै

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार ०८:०४

असोज ७, हेटौडा – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा ऐतिहासिक व्यापार गरिरहेको छ । प्राय: सिनेमाको व्यापारमा आइतबार देखि ५० प्रतिशत गिरावट आउने गरेको थियो । वितरक कम्पनी ‘स्टेशन ५’ले दिएको जानकारी अनुसार सिनेमाले आइतबार १ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ ।

बलियो वर्ड अफ माउथले गर्दा आइतबार पनि सिनेमाले राम्रो होल्ड गर्न सफल भएको हो । पहिलो विकेन्डमै रामबाबु गुरुङ निर्देशित कमेडी ड्रामाले ४ करोड ३२ लाख जम्मा गरिसकेको छ । सिनेमाले पहिलो दिन १ करोड ४७ लाख र दोस्रो दिन १ करोड ७८ लाख ग्रस बटुलेको थियो ।

सिनेमाले पहिलो साता नेपाली बक्सअफिसमा ७ करोडको आँकडा छुने ट्रेडको अनुमान छ । विकेन्डमै सिनेमाले लगानी रिकभर गरेर नाफाको बाटोमा दौडीसकेको छ ।

सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा.सिंह गुरुङ, शिला खनाल लगायतको कलाकारको अभिनय   छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । #द सिनेमा टाइम्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*