‘नौविसे-नागढुङ्गा’ सडक खण्डमा सवारी जाम छैन, धादिङ प्रहरी
असोज १३, धादिङ – नारायणघाट काठमाण्डौ सडक खण्डमा आइतबार देखि ठुला मालबाहक सवारी चलाउन रोक लगाएपछि नागढुङ्गा-नौविसेको सवारी जाम हटेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको पछिल्लो बिहान ८ बजे सम्मको अपडेट अनुसार सवारी साधनको गति सामान्य भैसकेको बताएका छन् ।
ठुला मालबाहक सवारी चलाउन रोक लगाएपछि सवारी जामको अवस्था हटेको छ । अहिले सडक, मौसमको अवस्था सबै सामान्य भैसकेको धादिङ प्रहरीले जनाएका छन् । कुनै समस्या भएमा “हाइवै अप्रेशन टिम”लाई जानकारी गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।
सम्पर्कको लागि १००‚ ९८५१२८३४८०‚ ९८५१०१९०३०‚ ९८५१२८६९११‚ ९८५१२९८६०‚ ९८५१२९८३००‚ ९८५१२५५७७७ र प्रहरी उपरीक्षक ९८५१२४५५५५ र फेसबुक पेजमा www.facebook.com/dhadingpolice समेत जानकारी गराउन सक्ने जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।






