पत्रकार महासंघ जापानको अध्यक्षमा पुन: घले चयन

तामसालिङ खबर
१३ आश्विन २०७६, सोमबार १३:०५

असोज १३, जापान – नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन टोकियोमा भएको छ । अधिबेशनले पुन: मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उपाध्यक्षमा पूर्ण चलाउने, कुमार मोक्तान, सचिबमा शान्तकुमार पहरी, सह-सचिबमा अर्जुन लामिछाने र इन्दिरा खनाल, कोषाध्यक्षमा आनन्द कोइराला चयन भएको छ । त्यस्तै सदस्यहरुमा दीपक गौतम, विश्वाश आचार्य, सजिना मोक्तान, राजन गौतम, लक्ष्मी पौडेल, कृष्ण अधिकारी, सागर देबकोटा र राम तामाङ चयन भएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रिय महासचिब रमेश बिष्टले अबको समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य रहेको बताउनुभएको थियो । संचार गृह र संचारकर्मीहरुलाई राज्यले उपेक्षा गर्न खोजे पनि धैर्यता गर्न भने छोड्न नहूनेमा जोड दिनुभएको थियो ।

अधिबेशनमा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ, आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मन्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा. भुपालमान श्रेष्ठ,नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*