संघीय सभामुख महराद्वारा पदबाट राजीनामा

तामसालिङ खबर
१४ आश्विन २०७६, मंगलवार १४:०६

असोज १४, काठमाडौं – प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट आज राजीनामा दिएका छन् । नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवैपदबाट राजीनामा दिन आग्रह गरेपछि महराले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सभामुख पदबाट राजीनामा दिएका हुन् ।

आफूमाथि लागेको आरोपमा निष्पक्ष छानविनका लागि सहयोग पुर्याउनका लागि आफूले राजीनामा दिएको बताएको उनका प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिए । संसदकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि आकस्मिक बसेको नेकपाको सचिवालय बैठकले महरालाई पदबाट राजीनामा गरेर छानबिनमा सहयोग गर्न सुझाव दिएको थियो ।

उनले सांसद पदबाट उपसभामुख समक्ष राजीनामा दिए । सरकारले पनि घटनाको छानविनका लागि समिति बनाउने तयारी गरेको छ । गृहमन्त्रालयले आन्तरिक रुपमा नेपाल प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।

संसद सचिवालयमा काजमा काम गर्ने एक कर्मचारीले सोमबार विभिन्न सञ्चारमाध्यम मार्फत सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*