चाडपर्वलाई लक्षित गर्दै हरिवन बजारमा अनुगमन

राजु लो तामाङ
१४ आश्विन २०७६, मंगलवार १५:४४

असोज १४, सर्लाही – चाडपर्वहरु नजिकिदै गर्दा बजारमा उपभोक्ता ठगीमा नपरोस भन्ने हेतुले सोमबार सर्लाहीको हरिवन बजारमा अनुगमन गरिएको छ । हरिवन नगरपालिका, उद्योग वाणिज्य संघ हरिवन, ईलाका प्रहरी कार्यालय सहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

पसलमा बिक्रीको लागि राखिएका खाद्यान्नको म्याद, सामानको मुल्यसुची, पसलको आय कर प्रमाणपत्र, अन्तशुल्क भए नभएको लगायतमा अनुगमन सुरु गरेको हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको नेत्तृत्वमा खटिएको अनुगमन टोलीले पसलको साइनबोर्ड समेत नराखेको मसला पसलमा म्याद नाघेको खाध्यान्न मसला तथा सामान लगायतका खाद्यन्न सामाग्री अनुुगमनको क्रममा ५ बोरा नियन्त्रणमा लिएको छ ।

गुणस्तरहीन खाद्यान्न सामाग्रीलाई जफत गरि नगरपालिकामा शिलबन्दी गरि राखिएको र मुचुल्का पश्चात नष्ट गरिने हरिवन ११ का वडा अध्यक्ष शेष मेहबुव रेजाले जानकारी दिनु भयो ।

उपभोक्ता तथा आम मानिसको स्वास्थमा असर पुग्ने खालका खाद्यान्न तथा गुणस्तरहीन सामान बेच्ने पसलेलाई अर्को पटक पनि अनुगमनको क्रममा यस्तै फेला पर्यो भने कार्वाही गरिने सुझाव सहित चेतावनी दिइएको उप-प्रमुख रेनुका पौडेलले बताउनु भयो ।

अनुगमन टोलीमा हरिवन वडा नम्बर ५, ६, १०, ११ का वडाअध्यक्ष सहित हरिवन इलाका अनुसन्धान असइ तुल्फी महतो, हरिवन नगर सहकारी प्रमुख श्याम मुरी मगर लगायत स्थानिय उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*