रेडक्रस युवा सर्कल हरिवनद्वारा जेब्रा क्रसिङ निर्माण

तामसालिङ खबर
१४ आश्विन २०७६, मंगलवार १५:५५

असोज १४, सर्लाही – नेपाल रेडक्रस युवा सर्कल हरिवन शाखाले सोमबार हरिवन बजारमा जेब्रा क्रसिङ बनाइएको छ । नजिकिदै गरेको चाडपर्वको बेला भिड भाडका कारण घट्ने कुनै पनि अप्रिय घट्ना नघटोस भन्ने उद्देश्यले जेब्रा क्रसिङ बनाइएको हो ।

हरिवन बजारको क्षेत्रमा विशेष गरी बढी चहलपहल हुने क्षेत्र विद्यालय र चौकको अति आवश्यक ठाउँमा जेब्रा क्रसिङ बनाएको हो । जेब्रा क्रसिङले गर्दा बृद्धबृद्धा, विद्यार्थी र सर्वसाधारणलाई हिडडुल गर्न सजिलो हुने रेडक्रस युवा सर्कलका अध्यक्ष गुन्जलाल घलानले बताए ।

हरिवन चौकमा कृष्ण मन्दिर अगाडी पश्चिममा अर्किड बोर्डिङ अगाडी र पूर्वमा मनकामना बोर्डिङ र मालपोत अगाडी जेब्रा क्रसिङ बनाइएको रेडक्रस युवा सर्कलका सचिव राजु लो तामाङले बताए ।

हरिवन ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय नवलपुर र सशस्त्र प्रहरी बेस क्याम हरिवनको समन्वयमा आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस हरिवन उपशाखाका अध्यक्ष भरत कार्की, नेपाल रेडक्रसका युवा प्रतिनिधि लगायत हरिवन नगरको १० र ११ का वडाअध्यक्षद्धय शम्भु मैनाली र शेष मेहबुव रेजा, हरिवन सिटी क्लबका अध्यक्ष बिनेश कार्कीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*