चिनियाँ टोली आउँदा त्रिभुवन विमानस्थल दुई घण्टा बन्द
असोज १५, काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीका लागि चिनियाँ टोली काठमाडौं आएको छ । काठमाडौंको सुरक्षा व्यवस्थापनबारे अनुगमन गर्न चिनियाँ टोली विमानस्थलमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको छ ।
बोइङ ७४७–८०० विमानमार्फत चिनियाँ टोली दिउँसो पौने २ बजे विमानस्थल ओर्लिएको र रनवे अनुगमन र ठूलो विमान भएका कारण विमानस्थल दुई घन्टा बन्द गरिएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को साता नेपाल भ्रमणमा आउँदैछन् ।






