नेकपा राक्सिराङ गाउँपालिकाको शुभकामना आदानप्रदान

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार १९:१३

असोज १५, हेटौडा (राक्सिराङ) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, छठ, ल्होछार तथा नेपाल संम्बतको अबसरमा कार्यक्रम भएको हो ।

पार्टिको जिल्ला सचिवालय सद्स्य एबं संविधान सभा सदस्य गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा वडा नम्बर ३ को ईन्चार्ज पदम स्याङतानको सभाध्यक्षमा भएको थियो ।

प्रमुख अतिथी चेपाङले शुभकामना दिनु हुदै, सास्कृतिक रुपान्तरण सहित पर्वलाई आफ्नो हैसियत अनुसार मनाउन आग्रह गर्नु भयो । जिल्ला सचिवालय सदस्य बनस्तम थिङले यो शुभकामना आदानप्रदान कार्यक्रमले एकता, मेलमिलाप, र राजनीतिक सदभावको संदेश दिएको बताउनु भयो ।

कार्यक्रममा पार्टीको जिल्ला सद्स्य सुन्तली चेपाङ्ग, बच्चुमाया नेगि, पार्टीको राक्सिराङ गाउँपालिका अध्यक्ष हस्त बहादुर मोक्तान, गाउँपालिका पार्टी सचिब ओम कुमार स्याङ्तान, नेपाली काङ्ग्रेसका नेता चित्र बहादुर थापा र बिरेन्द्र जिम्बा लगायतको सहभागी रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रम वडा नम्बर ३ पार्टी अध्यक्ष उत्तम वाईवाले संचालन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*