हराएको १६ थान मोबाईल फेला पारी मकवानपुर प्रहरीले बुझायो
असोज १६, हेटौडा – विभिन्न समयमा हराएको १६ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई प्रहरीले बुझाएको छ । प्रहरी कार्यालयमा विभिन्न समयमा मोबाईल हराएको भनि दिएको निवेदनको आधारमा बिशेष प्रबिधिको प्रयोग गरी खोजतलासी गरी १६ थान मोबाईल फेला पारी बुझाएको हो ।
प्रहरीले सामसुङ, जिओनी, ओप्पो, भिभो, एम.आई, हुवाई लगायत विभिन्न कम्पनीको मोबाईल फेला पारी बिहिबार मोबाइल धनीलाई बुझाएको हो ।
मकवानपुर प्रहरीका अनुसार, पछिल्लो समयमा बिगत ८ महिनामा प्रहरी कार्यालयले ११४ थान मोवाईल फेला पारी सम्बन्धित धनीलाई बुझाईसकेको छ ।







