चाइना गेटमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

तामसालिङ खबर
१७ आश्विन २०७६, शुक्रबार ०७:५५

असोज १७, हेटौंडा – हेटौडा उपमहानगरपालिका १ चाइना गेट नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु भएको छ ।

हेटौंडा ११ बाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको टेल ट्याङ्करले सोही दिसाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा १ चनाइक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपानेको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाबाट मोटरसाइकल चालक निजको श्रीमान ४५ बर्षीय ससि न्यौपाने भने सामान्य घाइते भएका छन् । सिताको शव हेटौँडा अवस्पतालमा राखिएको छ ।

ठक्करबाट दिने टयाङ्कर चालक भीमफेदी गाउँपालिका वडा नं. १ बस्ने २४ वर्षिय मुकेश विकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*