पुर्बी चितवनको साङ् छेवाङ गुम्बामा आज देखि ञ्युङने मौनव्रत हुदै

तामसालिङ खबर
१८ आश्विन २०७६, शनिबार ००:५६

असोज १७, राप्ती – चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ स्थित साङ् छेवाङ टासी बौद्ध गुम्बामा आज देखि ञ्युङने मौनव्रत हुदै छ ।

दशैको बेलामा पर्वका नाममा लाखौं पशुपन्छीहरुको वली दिने गरेको ती प्राणीहरुको चित्तले चीर शान्ति प्राप्त होस् भनी फापा चेङरेसी(आर्य अवलोकेश्वर) को बन्दना गर्दै तिन सम्म बस्ने ञ्युङने मौनव्रत यही असोज १९ गते देखि २१ गते सम्म निराहार ब्रत हुने गुम्बाको भएको हो ।

शनिबार बेलुकी जम्मा भै १९ गते सोक्छोङ २० गते कुक्पा (निराहार ब्रत) ,२१ गते सम्म तिन दिने ञ्युङने मौनव्रत हुने भएकोले श्रदालु भक्तजन, उपासक/उपासिकालाई सहभागी भई पुण्य लाभ लिन अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*