अदालतको अनुमति पाएपछि, निवर्तमान सभामुख महरालाइ पक्राउ

तामसालिङ खबर
१९ आश्विन २०७६, आईतवार २२:१२

काठमाण्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौँले महरालाई पक्राउ गर्न अनुमति दिएपछी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*