चितवनमा ञ्युङ्ने मौन व्रत सम्पन्न

तामसालिङ खबर
२३ आश्विन २०७६, बिहीबार १०:१३

असोज, चितवन (भण्डारा) – प्रत्येक वर्ष गरिदै आईरहेको ङयुङने मौन ब्रत चितवनको राप्ती नगरपालिका वडा नं ७ स्थित घडेरी डाँडामा रहेको सांघ छेवाङ टासी बौद्ध गुम्बामा मंगलबार सम्पन्न भएको छ । गत १८ गते देखि शुरु भएको ङयुङने मौन ब्रतको लागि धर्मगुरु पाल्देन तामाङको नेतृत्वमा भएको तिन दिने ब्रत भएको हो ।

बौद्धधर्मलम्बिहरुले दशैको बेला पर्वका नाममा लाखौं पशुपन्छीहरुको वली दिएको बेला ती प्राणीहरुको चित्तले चीर शान्ति प्राप्त गरोस् भनेर फापा चेङरेसी(आर्य अवातालोकेश्वर) को बन्दना गरेको हुन्छ । यसबाट ती अकालमा मारिएका प्राणीहरुको उद्धार, मुक्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।

बौद्धधर्म अनुसार यसरी एकपटक निराहार मौन ब्रत बस्दा ४० कल्पसम्मका क्लेश(पापकर्म) कट्टी भइ मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ । ङयुङने मौन ब्रत अन्तर्गत बसिने ब्रतमा बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ,शेर्पा,थकाली एवं हिमाली समुदायहरु दशैंका बेला तीन दिने ङयुङने मौन ब्रत बस्ने गर्दछन् ।

त्यस्तै, राप्ती नगरपालिका वडा नम्बर ४ मा रहेको थेग्छेन ग्याछोलिङ् बौद्ध गुम्बा तथा कोको म्हेन्धो साप्ताहिक समुहले पनि धर्म गुरु पेमा संगे लामाको अगुवाइमा ञ्युङ्ने कार्यक्रम राखेको गुम्बाका प्रमुख लामा चेत बहादुर लामाले जानकारी दिए ।

दुबै कार्यक्रममा मकवानपुर, र चितवन लगायतको बिभिन्न स्थानहरुबाट ११५ जना भन्दा बढी लामा,आनी,ज्योमो, ब्रतालु उपासक, उपासिकाहरुको सहभागिता रहेको साँघ छेवाङ टासी बौद्ध गुम्बाको ब्यबस्थापन समितिको अध्यक्ष राजेश रुम्बा तामाङले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*