म्हेनिङको अबसरमा पोखरामा बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

असोज २७, पोखरा – तामाङ समुदायको म्हेनिङ पर्बको अवसर पारेर तामाङ बौद्ध सेवा समितिको आयोजना बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङको केन्द्रीय पूर्वअध्यक्ष धनप्रसाद तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमको उदघाटन गर्नुहुँदै प्रमुख अतिथि तामाङ्ले म्हेनिङको शुभअवसरमा आयोजित यस्ता कार्यक्रम अत्यन्त सराहनिय रहेको बताउनुभयो । कतिपय तामाङ समुदायमै पनि नबुझेर दसैं र म्हेनिङ एउटै हो भन्ने गलत धारणा पनि रहेको र अब स्पष्ट हुन जरुरी रहेको बताउनुभयो ।
पुर्खाहरुको सम्झना सम्मान र कृतज्ञता गर्ने, समृद्धिको पूजा गर्ने, छे, कु, ब्ला, ल्हुइ, न्होर, न्होरबु, डोल्मा, सुङ, सुङ्मा र तेर्माको पूजा गरि म्हेनिङ पर्व मनाइने गर्ने गरेको प्रस्ट प्रार्नु भयो। कार्यक्रममा कोकोम्हेन्दो साहित्य समाजका संयोजक दिपक वाईबा तामाङ, पोखरा नगर घेदुङ अध्यक्ष टेक बहादुर स्याङ्बो, तामाङ बौद्ध सेवा समितिका पूर्वअध्यक्ष केशबहादुर थिङ लगायतले शुभकामना ब्यक्त गर्नु भएको छ ।
प्रतियोगिताको कविता तर्फ “प्यारो म्हेनिङलाई फुल्न देऊ” शीर्षकको कविता वाचन गरेकी सोहेन योन्जन तामाङ प्रथम, ”मेरी आमा” कविता वाचन गर्ने निरा लामा द्दितिय र “आमा”कविता वाचन गर्ने विवेक थोकर तामाङ तृतीया हुन सफल भएका थिए भने “ल्होसार र म्हेनिङको सानो चर्चा” शीर्षकमा आफ्नो धाराणा राख्दै मानस योन्जन तामाङ उत्कृष्ट बनेका थिए ।
अन्य प्रतियोगिहरुमा अनुस्का थिङ, दिव्या थिङ, रोजिता तामाङ, श्रेयाना तामाङ, समिर रुम्बा तामाङ साथै नियमित रचना वाचनतर्फ कमल न्हेगि,पवित्रा थोकर र समिक्षा न्हेगिले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए।
निर्णायकको भूमिकामा आदिवासी जनजाति महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङ, पोखरा नगर घेदुङका कोषाध्यक्ष अन्जाना तामाङ र नाङसल समाज केन्द्रिय अध्यक्ष चन्द्र ग्याबक रहनुभएको थियो । समितिको अध्यक्ष बुद्धिबहादुर रुम्बा तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।