मकवानपुरमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुई जना घाइते
असोज ३०, हेटौंडा – मकवानपुरको पुर्बी क्षेत्र बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा धारिलो हतियारको प्रयोग गरि गए राती एक जनाको हत्या भएको छ ।
बकैया गाउँपालिका ३ जलजले स्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० बर्षीय सुक बहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धारिलो हतियार प्रहार गरेर घाईते भएकी सन्तमायाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा राती दश वजे मृत्यु भएको हो ।
पाख्रिनले धारिलो हतियार प्रहार गरी २ जना घाइते बनाएका छन् । घाइते हुनेमा मुतकको श्रीमान ५५ बर्षीय काल बहादुर लो र स्थानीय २६ बर्षीया दिबिमाया मोक्तान रहेका छन।
उनिहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ । लामो समयदेखि आपसी झै झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गए राती नै हतियार सहित पक्राउ गरिसकेको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।






