एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी (नामसहित)

तामसालिङ खबर
१ कार्तिक २०७६, शुक्रबार १५:४६

कार्तिक १, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त बिजय भएका छन् । पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा डा. हेमराज शर्मा विजयी भए ।

अध्यक्षमा विजयी पन्तले १२१७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कुल आचार्यले १०७० पाए । त्यस्तै महा-सचिवमा विजयी शर्माले १२३९ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जानकी गुरुङले १०५३ पाइन् ।

एनआरएनएको सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

निर्बाचित पदाधिकारीहरुको नामावली :-
अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष – बद्री केसी
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष – सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा
सचिव- गौरी जोशी
सचिव – आरके शर्मा
कोषाध्यक्ष- महेश श्रेष्ठ
सहकोषाध्यक्ष- लोक दाहाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*