पारिवारिक निजि वन प्रदेश ३ को अध्यक्षमा न्यौपाने चयन

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार ०९:३६

कार्तिक ५, हेटौडा – पारिवारिक निजि वन प्रदेश न. ३ को अध्यक्षमा सहदेव न्यौपाने चयन भएको छ । सोमबार हेटौंडामा भएको संघको प्रथम प्रदेश अधिवेशनले भक्तपुरको न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामेछापका यमकुमारी घिमिरे, सचिवमा मकवानपुरका गिता कुमारी न्यौपाने र कोषाध्यक्षमा चितवनका उमाकान्त बराल चयन भएका छन् ।

समितिको सदस्यहरुमा रसुवाका रबि घले, काभ्रेका सञ्जिव ढकाल, भक्तपुरका पवित्रा तिमल्सिना, रामेछापका देव बहादुर श्रेष्ठ र चितवनका सानिमाया लामा चयन भएका छन् ।

प्रदेश तिनको उद्योग वन पर्यटन तथा वातावरण मन्त्री अरूण नेपालको प्रमुख आतिथ्यता तथा पारिवारिक निजि वन संघ नेपाल प्रदेश ३ ईन्चार्ज कुलप्रसाद चापागाईको सभापतित्व अधिबेशन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*