मोटरसाइकलको ठक्करबाट बकैयामा पैदल यात्रुको मृत्यु
कार्तिक ६, हेटौंडा – मकवानपुरको पुर्बी क्षेत्र बकैया गाउपलिका वडा ४ मा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
धरान-चतरा सडक खण्ड अन्तर्गत बकैया- ४ तामोरखोलामा हात्तीसुडेबाट हेटौंडा तर्फ आउदैँ गरेको प्रदेश ३ -०३- ००१ प ६२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बकैया-७ अधेरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर लो को मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलले ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक बकैया-३ हात्तिसुडे बस्ने २४ बर्षीय सबिन दर्नाल समेत घाइते अवस्थामा रहेको प्रहरी जनाएको छ । अहिले उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको बताएको छ ।






