तिन नम्बर प्रदेशको नेकपा संगठन विभाग प्रमुखमा अनन्त पौडेल

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ११:१६

कार्तिक ८, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिन नम्बर प्रदेशको संगठन विभाग प्रमुखमा नेकपा मकवानपुरका नेता अनन्त पौडेल चयन भएका छन् । प्रदेश तीन कमिटिको बैठकले पौडेललाई संगठन विभाग प्रमुखमा चयन गरेको छ ।

तत्कालिन नेकपा एमालेका नारायणी अञ्चल कमिटि सचिव समेत रहेका पौडेल महत्वपूर्ण विभागको रुपमा रहेको संगठन विभागको जिम्मेवारी दिईएको हो ।

बैठकले मकवानपुरका नेताहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी तथा नेता विष्णु विष्टलाई प्रदेश सचिवालयमा चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*