राति १० बजेपछि मकवानपुरमा देउसी भैलो खेल्न नपाइने

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार ०६:१०

हेटौंडा – जिल्ला प्रशासन कार्यलयम मकवानपुरले तिहारको समयमा राति १० बजेपछि देउसी भैलो खेल्ने नपाईने जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जारी गरेको प्रेस विज्ञप्तीमा तिहारमा देउसी भैलो लगाएत साँस्कृतिक मनोञनात्मक क्रियाकलापहरु राती १० बजेसम्म मात्र खेल्न आग्रह गरिएको छ ।

त्यस्तै, प्रशासनले चाडपर्व मनाउने क्रममा कुनैपनि खालका पटका, भूँइचम्पा तथा आतिशवाजी नगर्न पनि आग्रह गरेको छ । पटकाजन्य पदार्थ पड्काएमा वा विक्रिवितरण गरेको पाइएमा कानून बम्मोजिम कारबाही हुने समेत बताएको छ ।

प्रेस विज्ञप्ती :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*