हेटौडाको कपास गोदाममा आगो लाग्दा कपास नष्ट

तामसालिङ खबर
११ कार्तिक २०७६, सोमबार १३:३४

कार्तिक ११, हेटौंडा – प्रदेश नम्बर तिनको मुकाम हेटौडामा कपास गोदाममा आगोलागी हुदा सबै कपास नस्ट भएको छ । हेटौँडा उपमहानगरपालिका १ चौकीटोल स्थित कपास गोदाममा आइतबार साझ आगोलागी भएको हो ।

हेटौँडा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलले ३ घण्टामा लगाएपछि मात्र आगाे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आइतबार साँझ ७ बजे लागेकाे आगाे निभाउन सुरक्षा निकाय र स्थानीय समेत खटिएर करिब १० बजे आगाे निभाउन सफल भएकाे थियाे ।

जेसिभीको प्रयोग गरी उद्योगको कपासलाई आगाेबाट अलग गरिएपछि आगो निभाउन सहज भएकाे हाे । आगलागीबाट उद्योग पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएकाे छ । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा भएको आगलागीबाट मानवीय क्षति भने भएन ।

घटनास्थलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने लगायत पुगेर आगो निभाउन पहलकदमी लिएका थिए । आगाे के कसरी लागेकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*