हेटौंडा–धरान–चतरा मार्गको, ३३ मध्ये २० वटा पुल बने

तामसालिङ खबर
११ कार्तिक २०७६, सोमबार १४:५१

कार्तिक ११, हेटौंडा – नेपाल सरकारले उच्च महत्त्वकाक्षा सहित सुरु गरेको हेटौंडा–सिन्धुली–धरान–चतरा मार्गको आयोजनाले काम तीव्र पारेको छ ।

आयोजनाको लागि अब एक बर्षमात्रै समयावधि रहेको छ । सम्झौता अनुसार २०७७ कात्तिकमा सबैकाम सक्नुपर्नेछ । आयोजना हेटौंडा कार्यलयका अनुसार पुल निर्माण २०७७ जेठमा र सडक निर्माण २०७७ कात्तिकमा सक्ने सम्झौता छ ।

उक्त सडक अन्तर्गत हेटौंडादेखि सिन्धुलीसम्म ११५ किमी खण्डमध्ये ४० किमी सडक कालोपत्र भइसकेको आयोजनाको हेटौंडा कार्यालयले बताएको छ । यस्तै ३३ पुलमध्ये २० ओटा निर्माण भएको कार्यालयका इन्जिनीयर केशव ओझाले जानकारी दिए ।

सिन्धुली–हेटौंडा खण्डमा जेडआईसीसी अनक लुम्बिनी जेभीले भ्याटबाहेक २ अर्ब ५६ करोड रुपैयाँमा पुल निर्माण गरिरहेको छ । कम्पनीले हाल सम्म ७३ प्रतिशत भुक्तानी लिइसकेको आयोजना कार्यालयले बताएको छ । यस्तै कालिका स्वच्छन्द राम्केन जेभीले ६ अर्ब ३० करोड रुपैैयाँमा ठेक्का पाएको सडक पनि धमाधम निर्माण हुँदै छ ।

११ मिटर चौडा बनाइने यो सडक हेटौंडाबाट सुरु भएर भित्री मधेश, चुरेभावर, शिवालिक तथा दुन उपत्यका हुँदै धरान पुगेर टुंगिन्छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्ने पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा सरकारले यो सडकलाई प्राथमिकता दिएको छ ।

यो सडकले भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुली–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ । धरान–चतरा सडक मकवानपुरमा ४९ किमि, सिन्धुलीमा १ सय ४० किमि, उदयपुरमा ११० किमि र सुनसरीमा १८ किलोमिटर पर्छ । नेपाल न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*