भारतमा बायु प्रदुषणको मात्रा उच्च

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार १०:०७

कार्तिक १८, काठमाडौँ – राजधानी दिल्ली सहित उत्तरी भारतमा बायुप्रदुषणको मात्रा उच्चबिन्दुमा पुगेको छ । दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा हावा सास फेर्ने नसकिने अवस्थामा पुगेको बताएका छन् ।

दिल्लीका अधिकांश स्थानको वायु प्रदुषणको स्तरलाई संकटपूर्ण श्रेणीमा राखिएको छ । वायुमा सास फेरे मानिसमा स्वास प्रश्वासको रोगी हुन सक्ने चेतावनी जारी गरिएको छ । अधिकारीहरुले वायु प्रदुषणबाट बच्नका लागि घर भित्रै बस्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले केन्द्र सरकारले प्रदुषण नियन्त्रण गर्न र सहयोग गर्न पहल गर्नुपर्ने बताए । बाक्लो धुवाँको कारण दिल्लीको सबै स्कुल बन्द गरिएको छ, तीसभन्दा बढी उडान डाइभर्ट गरिएको छ र निर्माण कार्यलाई रोकिएका छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले मानिसलाई शारीरिक श्रम नगर्ने, एक बिहानै वा अबेरसम्म काम नगर्ने र घरमै बस्न सुझाव दिएका छन् । त्यसैगरी घरको ढोका र झ्याल लगाउन समेत सुझाव दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*