बुढिचौरमा लाग्ने रुपनारायण मेला यो बर्ष देखि दिउँसो मात्र हुने

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार ०९:४९

कार्तिक १९, हेटौडा(मकवानपुर गढी) – मकवानपुरको मकवानपुरगढी गाउपालिका वडा नम्बर ८ बुढिचौरमा लाग्ने गरेको रुपनारायण मेला यो वर्ष भने दिउँसो मात्रै लाग्ने भएको छ ।

प्रत्येक बर्ष राति लाग्ने गरेको मेला यसबर्ष देखि भने दिउँसो मात्रै लाग्ने भएको हो । वडा कार्यालयमा बसेको बोर्ड बैठकले मेला दिउँसो मात्रै लाग्ने निर्णय गरेको जनाईएको छ ।

वडा अध्यक्ष कुमार सिं घिसिङद्वारा जारी सूचनामा यस पटक देखि रुपनारायण मेला कार्तिक २५ गते विहान ६ बजेदेखि साँझ ६ बजे सम्म लाग्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*