कालापानी क्षेत्र नेपालको भूभाग हो, भारतको निर्णय प्रति आपत्ति (बिज्ञप्ती)

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार २०:००

कार्तिक २०, काठमाडौं – सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ ।

‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ, विज्ञप्तिमा भनिएको छ,’कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।’

सरकारले नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासबन्धी समस्याहरुको समाधानका लागि प्राविधिहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले गर्नेगरी जिम्मेवारी दिइएको भारतलाई पनि स्मरण गराएको छ ।

बिज्ञप्ति हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*