तिन नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख प्रसाईद्वारा पदभार ग्रहण

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार २१:१७

कार्तिक २०, हेटौंडा – तिन नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बुधबार हेटौडामा पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेश प्रमुख प्रसाईले बुधबार नै हेटौंडामा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईले सबैसंगको सहकार्यमा संवैधानिक दायरामा रही प्रदेशको प्रगति र उन्नतिमा काम गर्ने  बताए । सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । जसअनुसार, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ को प्रदेश प्रमुखमा नियुक्त भएको थियो ।

उनलाई स्वागत गर्न प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद प्रदिपकुमार कटुवाल क्षेत्री, प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रसाद थपलीया लगायत जनप्रतिनिधिहरु, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*