वडा अध्यक्ष बानियाँले आश्रमलाई कम्प्युटर हस्तान्तरण
कार्तिक २०, हेटौडा (मनहरी) – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले मनहरी गाउपालिका ९ रजैयामा रहेको अग्नीहोत्रा आश्रमलाई एक थान कम्प्युटर सहयोग गरेका छन् ।
वडा अध्यक्ष बानियाँले आफ्नो तलव सुविधा बापतको रकमबाट बुधबार आश्रममा पुगेर एक थान कम्प्युटर सहयोग हस्तान्तरण गरेका हुन् ।
आश्रमलाई कम्प्युटर हस्तान्तरण गर्दै वडा अध्यक्ष बानियाँले सामाजिक कामलाई निरनतरता दिन र आश्रमको गत्तिबिधि अगाडी बढाउन कम्प्युटरले सहयोग दिने बताए ।
उनले केही हप्ता अगाडी हेटौँडा उमहानगरपालिका वडा नम्बर ५ निवासी ८० वर्षीया टिकादेवी ढुङ्गानाको घरमा खानेपानीको समस्या समाधान गर्न १६ हजार ब्यक्तीगत खर्चमा धारो निर्माण गरीदिएका थिए ।






