उपनिर्वाचनको तयारी तीब्र

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार २२:०९

कार्तिक २०, हेटौडा – आगमी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका गरी ५२ पदका लागि उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा, प्रदेशसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ (क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ (ख) मा उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, नगर तथा गाउँपालिकाका लागि सुनसरी–धरान उपमहानगरपालिका प्रमुख, पाँचथर–फाल्गुनन्द गाउँपालिका अध्यक्ष, संखुवासभा–मकालु गाउँपालिका अध्यक्ष, महोत्तरी–पिपरा गाउँपालिका अध्यक्ष लगायत विभिन्न नगर र गाउँपालिकाका वडाका रिक्त पदमा निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*