क्रियाशिल महिला पत्रकार सिन्धुलीको अध्यक्षमा कृञ्जला पुलामी चयन

तामसालिङ खबर
२१ कार्तिक २०७६, बिहीबार ०९:०४

कार्तिक २१, सिन्धुली – क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) सिन्धुलीको नवौ साधारणसभा तथा छैठौ अधिवेशनबाट कृञ्जला पुलामीको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।

उपाध्यक्षमा सरला सुनुवार, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा उर्मिला भट्टराई, कोषाध्यक्षमा सम्झना श्रेष्ठ, सदस्यहरुमा संगिता डिम्डुङ, देविका मगर, सन्ध्या देवकोटा र सर्मिला खड्का लगायत चयन भएको छ ।

डब्लुडब्लुजेका केन्द्रिय अध्यक्ष अम्बिका राजथला अधिबेशनको प्रमुख अतिथि समेत रहनु भएको उहाँले अधिकांश मिडिया महिलाको भरमा संचालन हुनु सकारात्मक पक्ष रहेको बताउँदै निर्णयक तहमा महिला पुग्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

क्रियाशिल पत्रकार महिला (डब्लुडुब्लुजे)का केन्द्रिय अध्यक्ष अम्बिका राजथलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुजता लामाको अध्यक्षतामा अधिबेशन भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती सिन्धुलीका उपप्रमुख सम्झना अधिकारी, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, पत्रकार महासंघका उपाध्यक्ष टिकाजंग थापा, सामुदायिक रेडियो प्रसारक संघ अकोरावका प्रदेश संयोजक कृष्णहरि घिमिरे, लगायत महिला अधिकारकर्मीहरु, विभिन्न मिडियामा आवद्ध पत्रकारहरु उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*