जनप्रिय मबिमा सामुदाय-प्रहरी साझेदरी कार्यक्रम
कार्तिक २१, हेटौँडा – मकवानपुरको जनप्रिय माविमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम भएको छ । तिन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा अबस्थित सो बिद्यालयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले महिला हिंसा नियन्त्रण, दुर्व्यसनको नकारात्मक असर, साइबर क्राईम लगायतका विषयमा कक्षा ९ र १० का १५० जना विद्यार्थीहरुलाई सचेत गराएका थिए । विद्यार्थीलाई समाजमा हुने जुनसुकै अपराधको बारेमा समुदाय र प्रहरीलाई अवगत गराउन समेत आग्रह गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ नम्बरका वडाध्यक्ष रामकृष्ण कोईराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाई, विद्यालयका प्रधानाध्यापक नवराज अर्याल, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।






