“गो व्यक इन्डिया” भन्दै सडकमा उत्रिए हेटौडाका विद्यार्थी
कार्तिक २१, हेटौँडा – भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी लगायतको भूभागलाई समावेश गरेको भन्दै प्रदेश ३ को राजधानी हेटौडामा बिहिबार बिरोध प्रर्दशन गरिएको छ । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेपाली भु–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् ।
हेटौंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हेटौँडा बजारका विभिन्न भागको परिक्रममा गरेका थिए । र्यालीपछि हेटौँडाको बुद्धचोकमा कोणसभा भएको थियो । सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले भारतलाई यथाशिघ्र आफ्नो गल्ति सुधार्न चेतावनी दिए ।

भारतले नेपालको भूभाग आफ्नो नक्सामा राखेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीले ‘गो व्याक इण्डिया’ को नारा लगाउँदै विरोध गरेका हुन् । क्याम्पसबाट शुरु भएको विरोध ¥यालीले बजारका विभिन्न् क्षेत्रको परिक्रमा गरेको थियो ।
उनिहरुले भारतले गल्ती नसच्याए थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । भारतले नेपालको भूभाग आफ्नो नक्सामा समावेश गरेर सार्वजनिक गरेसँगै विरोध सुरु भएको छ ।






