कृषि सहकारीद्धारा बसन्तपुरमा दुध संकलन केन्द्र संचालन
कार्तिक २१, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ बसन्तपुरमा बिहीबार देखि साना किसान कृषि सहकारी संस्थाले दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा दुग्ध संकलन केन्द्रको उदघाटन गर्नु भएको छ ।
उदघाटन कार्यक्रममा बोल्नु हुदै अध्यक्ष उप्रेतीले किसानलाई दुग्ध उत्पादन क्षेत्रमा आकर्षित गर्न गाउपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । किसानलाई चाहिने कृषिजन्य सामग्रीहरु अनुदान समेत दिने बताएका छन् ।

शेयर सदस्यहरुको माग अनुसार ४ लाख लगानी संचालनमा ल्याएको केन्द्रमा उत्पादित दुध संकलन गरि बजारीकरण गर्ने उद्येश्यले सञ्चालनमा ल्याएको सहकारी संस्थाको अध्यक्ष राधिका ठकुरीले बताउनु भयो । सो संकलन केन्द्रमा विहान बेलुका दुध संकलन गरि संस्थाले नै नेवारपानीमा रहेको हेटौंडा डेरी इन्ड्रष्टिजमा लैजाने व्यवस्था गरेको अध्यक्ष ठकुरीले बताईन् ।
हाल दिनको तिन सय लिटर दुध संकलन भैरहेको उक्त स्थानमा सहकारीले संकलन केन्द्र सञ्चालन ल्याएपछि स्थानीय कृषकहरु खुसी भएका छन् । संकलित दुधको ढुवानी र भर्ने काम सहकारीले नै गरिने भएको छ ।
सस्थाको अध्यक्ष राधिका ठकुरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पूर्व सांसद राजाराम स्याङ्तान, सहकारी संस्थाको प्रबन्धक सुरेन्द्र तितुङ, नेकपा मनहरी अध्यक्ष रामप्रसाद कालाखेती, समाजसेबी नवराज उप्रेती, सचिब हेमलाल उप्रेती, वडा सदस्य पम्फा रोक्का, नेकपा वडाअध्यक्ष मिनबहादुर घलान लगायतको उपस्थिती रहेको थियो ।






