साना किसान सहकारीको बार्षिक साधारण सभामा सम्मान नै सम्मान

१४ करोड ६० लाख ऋण लगानी भएको सस्थामा उत्कृष्ट कृषक, जेष्ठ शेयर सदस्य, बचतकर्ता, समूह, लगायतलाइ दोसल्ला ओडाई सम्मान
तामसालिङ खबर
२८ कार्तिक २०७६, बिहीबार २२:५५

कार्तिक २८, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ३ मा अबस्थित साना किसान कृषि सहकारी संस्था हाडीँखोलाको १० औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५/०७६ मा १४ करोड ६० लाख रुपैया ऋण शेयर सदस्यलाई लगानी गरेको छ । संस्थाले वर्षभरिको कारोबार समेत प्रस्तुत गरेको थियो ।

विभिन्न शिर्षकमा रहेर शेयर सदस्यलाई ऋण लगानी गरिएको छ । जस मध्ये कृषिमा ९ करोड ७४ लाख १२ हजार, पशु/माछा/कुखुरा पालनमा ३ करोड ५५ लाख २२ हजार, व्यापारमा ५४ लाख ५४ हजार र मासुजन्य/दुग्धजन्यमा २ करोड ६३ लाख १२ हजार ऋण लगानी गरेको छ ।

सहकारी संस्थाले जेष्ठ शेयर सदस्यलाई नगद पाँच हजार सहित सम्मान गरेको छ । सम्मानित हुनेमा विष्णुमाया ठकुरी, ठुलीमाया मुक्तान, कान्छीमाया थिङ, वेदमाया खनाल र सन्तमाया आले रहेका छन् ।

 

त्यस्तै, उत्कृष्ठ शेयर सदस्यलाई नगद ४ हजार सहित सम्मान गरिएका छ । सम्मान हुने शेयर सदस्यहरुमा माया मुक्तान, बविता लामा, सरस्वती आचार्य, उर्मिला थापा, सुना पौडेल, तिउरीमाया थोकर, दयादेवी तिमल्सिना, सरस्वती गौतम, सीतामाया स्याङतान सीता थिङ रहेका छन् ।

सहकारीबाट विभिन्न शिर्षकमा ऋण लिई सफल कृषक बन्न सफल माछापालन गर्नेमा कुलकुमारी कार्कीलाइ सम्मान गरिएको    छ । त्यस्तै बाख्रापालनमा चन्द्रकुमारी रेग्मी, च्याउखेतिमा मधुमाया थोकर, तरकारीमा सुनिता उप्रेती, कुखुरापालनमा लक्ष्मी लामा, गाइपालनमा समता खड्का, दुग्ध उत्पादकमा जीतकुमारी भट्ट, बंगुरपालनमा रमा थिङ र व्यापार ब्यबसायमा लक्ष्मी गौतमलाई नगद २ हजार सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ठ बचत कर्ता श्रृजना घलानलाई दुई हजार र उत्कृष्ठ बचत समूह २५२ लाई दश हजार सहित सम्मान गरिएको थियो । सहकारीले संस्थाका संस्थापक अध्यक्ष निर्मला उप्रेती सहित पूर्व सञ्चालक समितिको तारा गौतम, सविता सुवेदी र पुनम पौडेललाई सम्मान गरिएको थियो । सहकारी संस्थाका कार्यालय सहायक दुदुमाया स्याङ्तानलाई उत्कृष्ठ कर्मचारी घोषणा गर्दै एक थान ल्यापटप सहित सम्मान गरिएको थियो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था हेटौंडाको प्रबन्धक शेरबहादुर चौधरीको विशेष अतिथ्यता रहेको थियो । सभा संस्थाका अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*