दुई वटा नक्कली लाइसेन्स सहित एक जना पक्राउ

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १८:१९

कार्तिक २९, हेटौंडा – दुई वटा नक्कली लाइसेन्स सहित एक जना मकवानपुर प्रहरीले पक्राउ गरेको छ । दुई वटा नक्कली लाइसेन्स सहित पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङ बस्ने ना २ ह ३६९१ नम्बरको अटोचालक शिव सञ्जेल रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी सहितको चेकिङ टोलीले कान्तिलोकपथ अन्तरगत हेटौंडा ५ पिप्लेमा सवारी जाँचका क्रममा सञ्जेलको साथबाट एउटै चालकको नाममा दुईवटा लाइसेन्स बरामद गरेको हो । २०६८ असोज ५ मा जारी भएको ५–५९५२१ नम्बरको एउटा लाईसेन्समा उनको ठेगाना जिल्ला मकवानपुर, निबुवाटार ५, जन्ममिति २०४९ असोज २८ गते र ब्लड ग्रुप ए पोजेटिभ रहेको छ ।

त्यस्तै अर्कोमा २०७० असार ४ गते जारी भएको ०५–६२३४२७ नम्बरको लाईसेन्समा उनको ठेगाना जिल्ला मकवानपुर, आमभञ्ज्याङ ९, जन्ममिति २०५२ माघ १७ गते र ब्लड ग्रुप ओ पोजेटिभ पाइएको छ । निजलाई नियन्त्रणमा लिई सरकारी छाप दस्तखत किर्ते मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*