त्यो दिन…

सबिता लामा
२९ कार्तिक २०७६, शुक्रबार १८:३४

अझै पनि याद छ मलाई ,
जुनदिन एकाबिहानै मेरि आमाले
सेतो चामलको टिका यो निधारमा
टसाँईदिनुभएको,,

अझै पनि याद छ ,
दम रोगले ग्रसित ६४वर्षिय बुबाले
ख्वाँक ख्वाँक खोक्दै सेदो खादा यो
गलामा भिर्याईदिनुभएको ,,

पिँढिँको एक कुनामा बसेर मेरि प्रियसि
मलाई हेर्दै टोलाईरहेको ।।

खै कसरी बिर्सन सक्छु ??
८५ बर्सिय मेरि बुढी हजुरअमाले
“राम्रो संग जाउ है “अन्तिम पल्ट भन्नुभएको।।

हो त्यही समय मेरो घरपरिवार र
आफन्तको मायाले नछेकेको हैन मलाई..
प्रियसिको आँसुले नरोकेको हैन मलाई।

तर त्यो भन्दा बढी मलाई मेरा सपनाहरूले
तानिरहेका थिए,,
सपनाका साङ्लोले बाँधिरहेका थिए ।
र…
म त्यस साङ्लोमा यसरी जेलिएकी थिएँ,
कसिएकी थिएँ, सायद हतपत त्यो कसैले नि
छुट्टयाउन सकेन ।।

त्यस्तै त्यस्तै सपनाको चरम सिमामा चुर्लुम डुबेर
मानव पन्छिमा चढेर मडारिएको बादलभित्र तैरिँदै थिएँ।

सोच्दै थिएँ,
म उड्दै छु,पँखेटा फिजाउँदै छु ,स्वतन्त्र हुँदै छु ,सफलताको शिखर चुम्दै छु र पैसा कमाउने
एक सक्षम ब्यक्ती हुँदै छु।।

तर अफसोच,,
जब म मानव पन्छिबाट ओर्लिए तब देखेँ
कुदृष्टिका बिशाल मरुभूमि र त्यही मरुभूमिमा खडा
थियो मेरो मानबीय सपनाको दानबिय सहर।।

केही समयमानै,,
त्यो सहरले मलाई पटक्कै सहेन,
जब म पाइला टेक्थे पैताला खिआईदिन्थ्यो ,
मेरो शरीर गलाईदिन्थ्यो,
त्यति त त्यति आँसु अनि पसिनाले पनि सहन सकेन,
निस्कने बित्तिकै बाफ बनेर उडिदिन्थ्यो।।

यो सहरलाई म हैन,,
मेरो श्रम अनि शरीर चाहेको रहेछ,
आँसु अनि पसिना चाहेको रहेछ र
मेरो रगत चाहेको रहेछ जस्लाई चुसीचुसी
उँडुस अनि उपियाँ झैँ पोटिलो भैई लमतन्न
तरिकाले बाँच्दो रहेछ।

अनि त म मै भएर खै कसरी बाँच्नु??
मेरा सपना,बिपना अनि चाहाना खै कसरी समाल्नु?
दिनप्रतिदिन यो तन गलाईदियो,
यो मन जलाईदियो,
अनि यो थल्लियको शरिरलाई
बुढो रुख झैँ सर्लक्क ढलाईदियो

र,,
पठाइदियो यो सिङ्गो शरीर उपहार स्वरुप
घर अनि परिवारलाई
त्यो रातो बाकसभित्र अन्धकारको
धनसंगै सर्लक्क पट्याएर ।।

सबिता लामा
बिधार्थी, भक्तपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*