उद्योगी रुप ज्योती रिहा

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १९:१९

कार्तिक २९, काठमाडौं – ठगी मुद्दामा आरोपित उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा भएका छन् । उनी विरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र लेखेको थियो ।

उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् । १ करोड २६ लाख ठगी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले उजुरी दिएपछि गत बिहीबार रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई निवेदन दिएपछि राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योति विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*