प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी
कार्तिक ३०, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । अबको केही दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।
नेकपाका हाइकमाण्ड सदस्य वामदेव गौतमका अनुसार प्रधानमन्त्रीले कुनै पनि मन्त्रीको राजीनामा माग्ने छैनन् । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई सोधेको थिए, मन्त्रीहरु एकदुई जना फेरिने हुन् कि पुनर्गठन नै गर्ने हो ? भन्दा उहाँले पुनर्गठन नै गर्ने भन्नु भएको छ ।’
प्रधानमन्त्रीले अब तत्कालै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।






