पुनर्गठन भएको मन्त्रिपरिषदको आज शपथ ग्रहण
मंसिर ५, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधिनको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविधाजन गरेको जनाएको छ ।
ओली सरकार गठन भएको २१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । प्रधानमन्त्री ओलील २०७४ फागुन ३ गते सरकार गठन गरेका थिए । नयाँ मन्त्रीहरुको शपथ आज विहान ११ बजे गरिने भएको छ ।
पुनर्गठनमा केही मन्त्रीलाई हटाइएको छ भने केही नयाँ अनुहार ल्याइएको छ । केहीको मन्त्रालय परिवर्तन गरिएको छ । ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ नयाँ अनुहारले नयाँ मन्त्रिपरिषदमा ठाउँ पाएका छन् ।






