गजल मञ्च मकवानपुरको १ सय ६१ औं गजल यात्रा

तामसालिङ खबर
७ मंसिर २०७६, शनिबार १६:१२

मंसिर ७, हेटौडा – गजल मञ्च मकवानपुरको आयोजनामा हरेक महिनाको पहिलो शनिबार हुँदै आएको गजल यात्राको १ सय ६१ औं शृङ्खला शनिबार हेटौंडामा भएको छ । साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा एक दर्जन भन्दा बढी गजलकारले गजल गायन तथा बाचन गरेका थिए ।

कार्यक्रममा गजलकार तुलसी घिमिरे, सुनिल गौतम, डीबी वर्तौला, बगेकी गंगा, प्रसिद्धि बख्रेल, मनिषा खड्का, प्रदिप पराजुली लगायतले गजल बाचन गरेका थिए ।

त्यस्तै, सुस्केरा परिवारको तर्फबाट राम कार्कीको संयोजकत्वमा यादव श्रेष्ठ, ईश्वर खड्का र उत्तरकुमार दुलालले बाद्यबाधनसहित गजल गाएका थिए । आगामी शृङ्खला देखि सुस्केरा परिवारको नियमित प्रस्तुति समावेश गरिने मञ्चका सचिव केशव समर्पणले जानकारी दिए ।

मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । सुस्केरा परिवार हेटौंडाले गजल गायनको विशेष प्रस्तुति दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*